रामनवमी पर्व
गैँडाकोटमा रामनवमी पर्व धुमधामसंग मनाइयो
गैँडाकोट, २७ चैत । नवलपरासी (बर्दघाट सुस्तापुर्व) को गैँडाकोट नगरपालिकामा चैत्र शुक्ल नवमीका दिन (आइतबार) भगवान श्रीरामको पूजाआजा र अखण्ड कृर्तन गरी रामनवमी पर्व धुमधामसंग मनाइएको छ । मर्यादा पुरुषोत्तमका नामले पनि चिनिने रामको जन्म दिनको सम्झनामा देशभरि श्रद्धा र भक्तिपूर्वक रामको पूजा, आराधना गरी यो चाड मनाउने गरिएको हो । गैँडाकोट नगरपालिका ६ रामघाटमा रहेको सिताराम मन्दिरमा पनि रामनवमीको दिन विशेष पुजाआजा गरिएको सिताराम मन्दिर तथा रामघाट क्षेत्रविकास समितीका...