राष्ट्रिय सहकारी दिवस
देशभरका ३० हजारभन्दा बढी सहकारीहरुले मनाए ‘राष्ट्रिय सहकारी दिवस’
चितवन, २० चैत । चितवनको भरतपुर–१९ शारदानगरस्थित बखान सहकारी संस्थाले ६५औँ स्थापना दिवस मनाइरहँदा देशभरका ३० हजारभन्दा बढी सहकारीहरुले आइतबार ‘राष्ट्रिय सहकारी दिवस’ मनाएका छन् । आजभन्दा ६५ वर्ष अघि चितवनको शारदानगरमा नेपालकै पहिलो बखान बहुउद्देश्यीय सहकारी संस्था स्थापना भएको थियो । सहकार्य गरेर काम गर्न सकिन्छ भने सहकारी किन स्थापना नगर्ने भनेर बखानसिंह गुरूङसहित ६० जनाबाट प्रतिव्यक्ति १० र मसलन्द खर्च भनेर १ रुपैयाँ थप गरी ११ रुपैयाँ हरेक...