रुसी
काठमाडौं, २३ फागुन । युक्रेनमा रुसी सेनाले हमला गर्ने क्रम जारी छ । पछिल्लो हमलामा सर्बसाधारण नागरिक मर्ने क्रम बढ्दो छ । राजधानी किभनजिकैको सहर इरपिनमा रुसी सेनाले गरेको फायरिङमा एक महिला र उनका दुई सन्तानको मृत्यु भएको छ । रुसले किभमा बृहत हमलाको तयारी गर्न लागेको युक्रेनका सुरक्षा अधिकारीहरुले चेतावनी दिएका छन् । युक्रेनी शहरहरूमा दशौँ हजार सर्वसाधारण फसिरहेको र त्यहाँ मानवीय संकट गहिरिएको बताइएको छ । यसैबीच, राष्ट्रसंघले...
काठमाडौं, २२ फागुन । रुसले युद्ध विरामको पालना नगरेको युक्रेनले आरोप लगाएको छ । रुसले हमला जारी राखेपछि युद्धग्रस्त क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाउन समस्या भएको युक्रेनी अधिकारीहरुको भनाइ छ । रुसले शनिबार युक्रेनका दक्षिण पूर्वी दुई शहर मारियुपोल र भोनोभाखामा अस्थायी युद्ध विराम घोषणा गरेको थियो । तर आधा घण्टाभन्दा कम समय मात्रै रुसले युद्ध रोकेको युक्रेनी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जसका कारण हजारौं नागरिकलाई सुरक्षित...
काठमाडौं, १९ फागुन । रुसी सुरक्षकर्मीले युक्रेनको राजधानी किएभका नागरिकलाई त्यहाँबाट बाहिरिन भनेको छ । किएभबाट बाहिरिनेहरुलाई रुसी सुरक्षाफौजले कुनै अवरोध नगर्ने रुसी रक्षा मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले किएभबाट भासिल्किभ जान चहनेहरुका लागि कुनै अवरोध नगर्ने बताएका बीबीसीले जनाएको छ । रुसले किएभलाई खाली गराउन चाहेको छ। किएभका नागरिकले रुसी सैनिकलाई रोक्ने प्रयास गरिरहेका छन् । यसैबीच, युक्रेनको बन्दरगाह नगर खेअरसनलाई नियन्त्रणमा लिइएको छ ।...