रुस र युक्रेन
काठमाडौं, ५ फागुन । रुसी आक्रमण तीव्र भइरहेका बेल युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलस्कीले ढिला नगरि वर्ता गर्न र क्षति न्यूनीकरण गर्न आग्रह गरेका छन् । झण्डै एक महिनाअघिबाट रुसले आक्रमण जारी राखेको युक्रेनमा सयौँको संख्यामा युक्रेनी सेना ताथ त्यहाँका सर्वसाधारणको ज्यान गइसकेको छ । यद्यपि युक्रेनी राष्ट्रप्ति जेलस्कीले आत्मसमर्पण गरिरहेका छैनन् । उनले बरु रुसलाई वार्तामा आउन र आफ्नो सम्भावित क्षति न्यूनिकरणका लागि गल्ती स्वीकार गरेर सहमतिमा आउन आग्रह गरेका हुन्...
काठमाडौं, ४ चैत । युक्रेन संकटको बीचमा टर्कीले रुस र युक्रेन दुवै देशसँग मेलमिलाप कायम राखेको छ । यस्तो अवस्थामा यसको केही नतिजा पनि देखिन थालेको छ । बिहीबार दिउँसो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनलाई युक्रेनसँगको शान्ति सम्झौताका लागि रुसको वास्तविक मागबारे फोनवार्ता गरेका छन् । बीबीसीका विश्व मामिला सम्पादक जोन सिम्पसनले टर्कीका राष्ट्रपतिका प्रवक्ता तथा सल्लाहकार इब्राहिम कालिनसँग फोन कलको केही मिनेटपछि अन्तर्वार्ता लिएका थिए ।...
काठमाडौं, १ चैत । रुसको सरकारी टेलिभिजनमा समाचार प्रसारण भइरहँदा टेलिभिजनकी एक कर्मचारीले युद्धविरोधी प्लेकार्ड देखाएकी छिन् । मस्कोको स्थानीय समयअनुसार राती साढे ९ बजेको समाचार प्रसारणमा कर्मचारीले समाचार प्रस्तोताको पछाडिबाट प्लेकार्ड देखाएकी हुन् । ‘युद्ध होइन । युद्ध रोक । प्रचारमा विश्वास नगर्नुहोस्, तिनीहरूले यहाँ झुटो बोल्छन्,’ प्लेकार्डमा लेखिएको छ । त्यस्तै प्लेकार्डको अन्तिममा लाइनमा लेखिएको छ, ‘रुसीहरु युद्धको विरोधमा छन् ।’ प्लेकार्ड देखाउने महिला टेलिभिजनकी कर्मचारी भएको त्यहाँको स्वतन्त्र...
काठमाडौं, ३० फागुन । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि हालसम्म रुसी सैन्य फोर्सले कयौं शहर र गाउमा कब्जा गरेका छन् । भने, यी इलाकामा फसेका मानिसहरु सहयोगका लागि गुहार माग्दै छन् । बम बारीका साथै यी स्थानमा बस्ने मानिसलाई चिसो मौषम र खाद्यान्नको संकटको खतरा पनि रहेको छ । यसै कारणले युक्रेनको मारियुपोल शहर र राजधानी किभको पश्चिम र उत्तरका गाउँमा एक भयानक मानवीय संकट खडा भएको देखिन...
काठमाडौं, २८ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन् । उनले आफ्नो सेनाले युक्रेनको पक्षमा लड्यो भने तेस्रो विश्वयुद्ध हुनेछ । अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ तेस्रो विश्वयुद्ध सुरु गरे सरह हुने बाइडेनको चेतावनी छ । त्यसैले अमेरिकाले रुस–युक्रेन युद्धमा हस्तक्षेप नगर्ने उनको भनाइ छ । युक्रेनले भने पश्चिमा देशहरूसँग पटक पटक नेटोमार्फत सैन्य सहायताको माग गरिरहेको छ । तर...
काठमाडौं, २८ फागुन । बेलायतले मस्कोमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरुले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई समर्थन जनाएका थिए । उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले जनाएको छ । फेब्रुवरीमा पूर्वी युक्रेनमा बिखन्डनकारीको नियन्त्रणमा रहेको लुहान्स्क र दोनेत्सक क्षेत्रलाई...
काठमाडौं, १७ फागुन । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ। सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो। रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता विनानिष्कर्ष सकिएको अधिकारीहरुले जनाएका छन्। युक्रेनका अधिकारीहरुले वार्ताले नतिजा निकाल्ने अपेक्षा गरिएको बताएका छन्। वार्तामा सहभागी अधिकारीहरु दुवै पक्ष आआफ्नो राजधानी फर्किएका छन् र उनीहरुले आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताएका छन्। रुस पछिल्लो...
काठमाडौं, १६ फागुन । रुस र युक्रेनबीच शान्ति वार्ता सुरु भएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिमण्डलले युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ता सुरु गरेका हुन् । युक्रेनसँगको सीमा क्षेत्रमा पर्ने बेलारुसको एक क्षेत्रमा भइरहेको दुईपक्षीय वार्ताकाे सुरुमै युक्रेनले युद्धविराम गरेर वार्ता अघि बढाउन आग्रह गरेको बीबीसीले जनाएको छ । यसअघि वार्ता टोली पठाउँदै गर्दा पनि युक्रेनी राष्ट्रपतिको कार्यालयले तुरुन्त युद्धविराम र रुसी सेना फिर्ता...