रूसमा प्रदर्शन
युक्रेनसँग युद्ध नगर्न भन्दै रूसमा प्रदर्शन, सयौं पक्राउ
काठमाडौं, १३ फागुन । आफ्नो देशले छिमेकी युक्रेनमाथि आक्रमण थालेपछि बिहीबार रूसमा युद्धविरोधी प्रदर्शन भएका छन्। रसिया टुडेका अनुसार राजधानी मस्कोमा हजारौं मानिसहरूले युद्ध चाहिँदैन भन्दै प्रदर्शन गरेका थिए। उनीहरूले युद्व गर्न नहुने नारा लगाएका थिए। प्रदर्शनकारीहरूले लडाइँ रोकु, युद्ध चाहिँदैन, युक्रेन हाम्रो शत्रु होइन जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। मस्कोसँगै सेन्ट पिटर्सबर्गलगायत अरू साना सहरहरूमा पनि प्रदर्शनहरू भएका थिए। प्रहरीले सयौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ। मस्को प्रहरीले मात्रै ६ सय...