वार्षिकोत्सव
कालिका माध्यमिक विद्यालयको ४६औं वार्षिकोत्सव सम्पन्न
गैँडाकोट, २७ मंसिर । नवलपुरको गैँडाकोट ८ मा रहेको कालिका नमुना माध्यमिक विद्यालयको ४६औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सोमबार सम्पन्न भएको छ । सो अवसरमा बोल्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले गैँडाकोट नगरपालिकालाई शैक्षिक हवको रुपमा निर्माण गर्न सबै लाग्नुपर्ने बताउनुभएको थियो । उहाँले अहिलेको शिक्षा प्राविधिक र समयानुकुल हुनु पर्ने बताउँदै शिक्षक तथा विद्याथी दुवै सूचना प्रविधिसंग जोडिएर अगाडी वढ्नु पर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा...