विदेशमन्त्रीबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, अध्यक्ष ओलीले के-के भने ?
काठमाडौं, १३ चैत । चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नक्शालस्थित होटल मेरियटमा आज बिहान प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेट भएको हो । भेटमा द्विपक्षीय विषयका धेरै मुद्दामा छलफल भएको एमाले स्थायी कमिटि सदस्य राजन भट्टराईले जनाए । नेपालले फाइदा लिनसक्ने सडक, रेल, सिँचाई, जलविद्युत उत्पादन, नाकाहरु निर्माण, स्वास्थ्य तथा शिक्षाका आयोजनाहरु छिटो अघि बढाउनु पर्ने...