शिलान्यास
श्रीपञ्चमीको अवसरमा जनक नमुना मावि गैंडाकोटको विज्ञान प्रयोगशाला भवनको शिलान्यास
गैँडाकोट, २३ माघ । श्रीपञ्चमीको अवसर पारेर गैंडाकोट ५ मा अवस्थित जनक नमुना मावीले विज्ञान प्रयोगशाला भवनको शिलान्यास गरेको छ । विद्यालयका संस्थापक एवम् जग्गादाता परिवारका सदस्य मदनभक्त अधिकारीले आइतबार (सरस्वती पुजाको दिन) प्रयोगशाला भवनको शिलान्यास गर्नुभएको हो । सो अवसरमा बोल्दै उहाँले आफूहरुले विस २०२९ सालमा निःशुल्क उपलब्ध गराएको जमिनमा सुविधासम्पन्न भवन सहित गुणस्तरीय शिक्षाको थालनी हुन लागेकोमा खुसी लागेको बताउनुभयो । अव गरिव जनताका छोराछोरीले सहजै गुणस्तरीय शिक्षा...