शिवरात्री शिव
आज शिवरात्री, शिवको पुजाआजा गरी मनाइँदै
काठमाडौं, १७ फागुन । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ । सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको...