शेखर कोइराला
स्थानीय तहमा गठबन्धन स्वीकार छैन : शेखर कोइराला
काठमाडौं, २७, माघ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहमा गठबन्धन स्वीकार गर्न नसक्ने बताएका छन् । बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटवार्तामा नेता कोइरालाले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला बिहीबार बिहान खुमलटार पुगेका थिए । काँग्रेस नेता अमरेशकुमार सिंहसहित प्रचण्ड निवास खुमलटार पुगेका कोइराला र प्रचण्डबीच गठबन्धन, एमसीसी, संसद् खुलाउने लगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए...