श्रीनिम्बार्क वैष्णव परिषद् नेपाल
श्रीनिम्बार्क वैष्णव परिषद् नेपालको पाँचौं केन्द्रीय महाधिवेशन स्याङ्जामा हुने
गैँडाकोट, २१ फागुन । श्रीनिम्बार्क वैष्णव परिषद् नेपालको पाँचौ केन्द्रीय महाधिवेशन स्याङ्जामा हुने भएको छ । श्रीकृष्णागण्डकीको पावनतट स्याङ्जाको केलादीघाटमा यहि चैत्र ६,७ र ८ गते महाधिवेशन गरिने निम्बार्क वैष्णव परिषद् नेपाल केन्द्रिय कार्यसमितिले शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । महाधिवेशनको बारेमा जानकारी दिदै श्रीनिम्बार्क वैष्णव परिषद् नेपालका महासचिव तुलसीशरण उपाध्यायले श्रीनिम्बार्क परिषद् वैदिक सनातन सम्प्रदायका अनुयायीहरुको साझा संस्था भएको जानकारी दिनुभयो । उहाँका अनुसार वैदिक सनातन धर्म...