सहयोग प्रदान
चितवनको बालकुमारी माविलाई एसएलसी ब्याच २०४७ द्वारा आर्थिक सहयोग प्रदान
चितवन, १३ फागुन । चितवनको बालकुमारी माध्यमिक विद्यालयबाट २०४७ सालमा एसएलसी दिएका विद्यार्थीहरुले विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन् । विद्यालय कोभिड १९ बाट प्रभावित भई निजी स्रोतका शिक्षकलाई सेवासुविधा दिन समेत असमर्थ भएपनि एसएलसी २०४७ सालका विद्यार्थीहरुले नगद संकलन गरी सहयोग गरेका हुन् । कुल ५१ जना विद्यार्थीहरुले शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि रु. ३ लाख २५ हजार ७०१ भन्दा बढी रकम सहयोग गरेका हुन् । सो अवसरमा बोल्दै...