साउनको सोमबार
साउनको अन्तिम सोमबार शिवालयहरुमा देखियो भक्तजनको भीड
गैँडाकोट, ३० साउन । साउनको अन्तिम सोमबार देशभरका शिवालयमा पूजाअर्चनाका लागि भक्तजनहरूको भीड लागेको छ । बिहानैदेखि शिव मन्दिरमा भक्तहरूको भीड लागेको हो । देशका अन्य भागमा जस्तै सोमबार गैँडाकोट नगरपालिकाभित्र रहेका विभिन्न मन्दिरमा भक्तजनको चहलपहल उत्साहपूर्ण देखिएको छ । गैँडाकोट २ मा रहेको गोपेश्वर महादेव मन्दिर, गैँडाकोट ४ मा रहेको कोटेश्वर महादेव मन्दिर, गैँडाकोट ६ मा रहेको महादेव मन्दिर, महादेव भ¥याङ, गैँडाकोेट ७ मा रहेको हरिहर मन्दिर, परमानन्द सन्न्यास...