सार्वजनिक यातायात
सरकारले सार्वजनिक यातायातको भाडादर बढाउने
काठमाडौं, १७ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको भाडादर बढाउने निर्णय गरेको छ ।यातायात व्यवसायीको मागबमोजिम हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशत बढाएको मन्त्रालयको भनाइ छ । एक प्रदेशबाट अर्को प्रदेशचल्ने यातायातको भाडा बढेको हो । विभागका अनुसार काठमाडौं उपत्यका लगायत प्रदेशभित्रै चल्ने सार्वजनिक सवारीसाधनमा भने यातायात भाडा बढाइएको छैन । विभागले आइतबारमात्रै विभिन्न रुटमा बढेको भाडादर सार्वजनिक गर्ने जनाएको छ । ...