सुन्तला घारी
लमजुङको पकेट क्षेत्रमै मासियो सुन्तला
लमजुङ, १५ पुस । सुन्तला घारीले हराभरा बेँसीशहर नगरपालिका-११ स्याउतगाउँ अहिले उराठ लाग्दो छ । ६ वर्ष अगाडि एक सिजनको सुन्तलाबाट वार्षिक ६ लाखसम्म कमाउने स्याउतका सुरेश पाण्डेलाई अहिले त्यो कहानी जस्तो लाग्न थालेको छ । उनको सुन्तलाबारी अहिले बाँझोबारीको रूपमा परिणत भएको छ । उनी मात्र होइन पुरै गाउँलेको व्यथा एउटै छ । १० वर्ष पहिला खुसी र नगद कमाउने बगैँचा अहिले ऋण बोकाएर गएको छ । अर्का किसान एवमं...