स्याङ्जा किचनास कल्याणकारी समाज चितवन नवलपरासी
स्याङ्जा किचनास कल्याणकारी समाज चितवन-नवलपरासीको अध्यक्षमा शर्मा
गैँडाकोट, २६ चैत । स्याङ्जा किचनास कल्याणकारी समाज चितवन-नवलपरासीको अध्यक्षमा खेमराज शर्मा पुनः चयन हुनुभएको छ । शनिबार गैँडाकोट नगरपालिका वडा नम्वर २ मा सम्पन्न समाजको ११औँ साधारण सभा तथा चौथो अधिवेशनले शर्मालाई पुनः अध्यक्षमा चयन गरेको हो । यस्तै अधिवेशनले समाजको उपाध्यक्षमा हुमनाथ पौडेल, सहसचिवमा प्रेमप्रकाश पोख्रेल, कोषाध्यक्षमा सावित्रा काफ्ले र सचिवमा पुर्णचन्द्र पोख्रेललाई चयन गरेको छ । भने सदस्यहरुमा चन्द्रकान्त भण्डारी, सुमित्रा श्रेष्ठ, गिता ढकाल, लोकनाथ वाग्ले हेमराज...