स्वास्थ्य मन्त्रालय
सरकारले नागरिकलाई खोपबाट बञ्चित गर्न चाहेको छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, २२ माघ । सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पुर्याउन खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको सरकारले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगिता मिश्रले कोभिड–१९ विरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई खोपको दायरामा अनिवार्य रुपमा ल्याउनका लागि यस्तो नीति लिनु परेको बताइन् । उनले यो नीति लिएपछि कोभिडविरुद्धको खोप लगाउनेहरुको भीड नै लाग्न सुरु गरेको पनि बताइन् । सरकारले...