हत्या
खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ
सोलुखुम्बु, १७ चैत । सोलुखुम्बुमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ वर्षीय चन्द्र राई रहेका छन् । उनलाई ३७ वर्षीया आफ्नै श्रीमती मनिला राईको हत्या गरेको आरोपमा प्रहरीले बुधबार राती पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । सामान्य बादबिबादको क्रममा रिसको आवेगमा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु...