हनुमान मन्दिर
गैँडाकोटमा ‘शिखरखजुराव’ शैलीमा हनुमान मन्दिर निर्माण
गैँडाकोट, १९ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीमा ‘शिखरखजुराव’ शैलीमा कलात्मक एवं भव्य श्री हनुमान मन्दिर निर्माण गरिएको छ । करिब साढे दुई वर्षको अवधिमा रु तीन करोड लागतमा मन्दिर निर्माण गरिएको हो । मन्दिरको निर्माण सकिएसँगै यही फागुन २७ देखि वैशाख ३ गतेसम्म हनुमान मन्दिरको समुद्घाटन, मूर्ति प्राणप्रतिष्ठा तथा साङ्ग विराट् ज्ञानमहायज्ञ महामहोत्सव–२०७८ हुने भएको छ । महायज्ञ मूल आयोजक समितिका महासचिव पिताम्बर सापकोटाले विसं २०४२ सालदेखि पूजा अर्चना...