हिमपात
मनाङ, २४ माघ । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । हिमपातले कहीँ उत्साह छाएको छ भने कहीँ सास्ती खेप्नुपरेको छ । हिउँ नपर्ने स्थानमा लामो समयपछि हिमपात हुँदा मानिस खुशी हुन्छन् भने हिमपात हुने स्थानमा दिनचर्यामा समस्याका साथै सास्ती बेहोर्न बाध्य छन् । कमै मात्र हिउँ पर्ने स्थानमा हिमपात भएपछि भने आन्तरिक पर्यटकमा खुसी छाएको छ । हिमपात नहुने स्थानमा परेपछि हिउँ खेल्नु...
मुगु, १४ पुस । मुगुमा मंगलबार रातिदेखि परेको हिमपातले जनजीवन प्रभावित पार्नुका साथै सडक र हवाई सेवा अवरुद्ध भएको छ । लगातार परेको बाक्लो हिमपातले सडक र हवाई यातायात अवरुद्ध भएको हो । हिमपातले हवाई सेवा अवरुद्ध भएपछि रारा विमानस्थल मुगुदेखि नेपालगञ्जसम्म जाने र नेपालगञ्जदेखि मुगु आउने यात्रुहरु ताल्चा र रारा विमानस्थलका होटलमा भरिभराउ भएका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले बताए । मुगु र जुम्लाको सिमानामा पर्ने घुच्ची लेकमा बाक्लो रुपमा हिमपात हुँदा...
सिमकोट, १२ पुस । उच्च हिमाली जिल्ला हुम्लामा सोमबार बिहानैबाट हिमपात भइरहेको छ । बिहानै देखि हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हिमपात भएकाे हाे । आज सोमबार केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिई सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानमा...
सिमकोट, १० पुस । हिमाली जिल्ला हुम्लामा शनिबार बिहानैबाट हिमपात हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ । जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी तिन फिट जति हिउँ जमेको नाम्खा गाउँपालिका ३ का सुनाम छिरीङ लामाले बताउनु भएको छ । नाम्खा गाउँपालिकाको उच्च भेग यारी लिमी नारा न्यालु लेकमा बाक्लो हिउँ जम्नुका साथै आवतजावतमा समेत थप कठिनाइ भइरहेकाे लामाले बताए । हुम्लामा...