amarapuri
लक्ष्मी मा.वि. अमरापुरीका प्रअ कंडेलको मनोमानी प्रति अभिभावक आक्रोशित, प्रअको कक्षमा अभिभावकले लगाए ताला
गैंडाकोट, बैशाख ०५ लक्ष्मी मा.वि. अमरापुरीमा विद्यालय ब्यवस्थापन समिति निमार्ण गर्ने शिलशिलामा जालझेल र पक्षपात पूर्ण ब्यवहार गरि सुटुक्क विद्यालय ब्यवस्थापन समिति गठन गरेको भन्दै स्थानीय अभिभावकहरु आक्रोशित भएका छन् । विद्यालयका प्रधानाध्यापक मणिकण्ठ कंडेलले विद्यालयमा राजनिति गर्न खोजेको भन्दै स्थानीय अभिभावकहरु आक्रोशित भएका हुन् । आक्रोशित अभिभावकले प्रधानाध्यापकको कक्षमा ताला लगाईदिएका छन् । अभिभावकहरुको बिचबाट छनौट गर्नु पर्ने विद्यालय ब्यवस्थापन समितिमा विधि र पद्धति मिचेर आफ्नो नजिकको मान्छेहरु नियुक्त...