leopard
मोटरसाइकलको ठक्करबाट म्याग्दीमा चितुवाको मृत्यु
गलेश्वर, वैशाख ६ मोटरसाइकलको ठक्करबाट म्याग्दीमा चितुवाको मृत्यु भएको छ । गए राति बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा ८ प ४०७२ नं को मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो । चितुवा मोटरसाइकलसित सडक पार गर्दै गरेको अवस्थामा ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए । चितुवाको टाउको ठोक्किएको थियो । करिब ४० किलोको चितुवाको उमेर दुई वर्ष अनुमान गरिएको रानाभाट...