#lumbini
लुम्बिनीमा पाँच कराेडकाे रामजानकी हनुमान मन्दिर बन्दै
बुटवल, २४ मंसिर लुम्बिनीमा लुम्बिनी सांस्कृतिक नगरपालिका-१ स्थित भगवानपुर (खुनगाई) मा पाँच करोड रुपैयाँकाे लागतमा रामजानकी हनुमान मन्दिरको निर्माण थालिएको छ । विवाह पञ्चमीको अवसर पारेर राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरे । धर्म संस्कृतिको संरक्षण र संम्वर्द्धनका लागि रामजानकी हनुमान मन्दिर निर्माण गर्न लागिएको मेयर मनमोहन चौधरीले जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको संयुक्त साझेदारीमा पाँच करोड ३१ लाख ९९ हजार ४२ रुपैयाँको...