#samikshyaadhikari
पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै सामाजिक संजालमा अडियो क्लिपहरु सार्बजनिक
१२ फागुन, काठमाडौं । अभिनेता पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गरेका छन् । सामाजिक संजालमा अडियो क्लिपहरु सार्बजनिक गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका हुन् । उनले सामाजिक संजालमा लेखेका छन् । यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । ती गायिकालाई प्रयोग...