#suntalazone
सुन्तला जात फलफूलले हराभरा बने पाखापखेरा
ज्ञानु पंगेनी गैंडाकोट, असोज १३ केही वर्ष अघिसम्म नाङ्गो पाखापखेरामा सीमित रहेको नवलपुरको गैंडाकोट नगरपालिका १८ को बसेनी, डोँडे, रतनपुर बस्तीमा यतिबेला सुन्तला जात फलफूलका बोट बिरुवाले भरिभराउ छन् । तराईको राजमार्गसँग जोडिएको गैंडाकोट नगरपालिकाको दुर्गम ठाउँका रुपमा गैंडाकोट १८ चिनिन्छ । सुन्तला जात फलफूल खेती सुरु गरिएको बसेनी, डोँडे गाउँ करिब १५ सय मिटर उचाइमा छ । यहाँको नाङ्गो पाखामा यसरी हरियाली भएको धेरै समय पनि भएको छैन् । २०७५–०७६ बाट प्रधानमन्त्री...