vyccu
विकूको व्यावसायिक सिपमुलक तालिमको उद्घाटन समारोह सम्पन्न, २०० बढी सहभागी उद्यमशिल तथा स्वरोजगार बन्दै
बैशाख ८, कावासोती विकू बचत तथा ऋण सहकारी संस्था लि. ले कावासोतीमा ३५ दिने सिपमुलक तालिमको उद्घाटन गरेको छ । कावासोतीको स्वस्तिक बैंक्वटमा आज सो तालिम कार्यक्रमको उद्घाटन गरिएको हो । सिपमुलक तालिम अन्तर्गत ब्युटिसियन, वेटर÷वेट्रेस, मोबाईल फोन मर्मत तालिम दिन लागिएको हो । यो तालिम विकूले आफ्ना सेयर सदस्यहरुलाई तालिम प्रदान गरि आर्थिक उपार्जन तथा ब्यवसायिक क्षमता अभिवृद्धि गर्नका लागि सो तालिमको सुरुवात गरेको हो । तालिम यहि वैशाख...