तनहुँमा पुलबाट टिपर खस्दा चालकको मृत्यु

तनहुँ, २ असार । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट बिहीबार बिहान ४ः३० बजे टिपर खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मुग्लिनतर्फबाट आँबुखैरेनी आउँदै गरेको ग १ क ४४६९ नम्बरको मिनी टिपर पुलबाट अनियन्त्रित भई करिब २५ मिटर तल खस्दा चालक घाइते भएका थिए । घाइते दमैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार क्रममा बिहान ६ः१० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया