मोहरिया गाउँमा माछा मार्ने क्रममा दुई जनाको डुबेर मृत्यु

तनहुँ, ३० जेठ । तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँमा माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएको छ । आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङको माछा मार्ने क्रममा मृत्यु भएको हो ।
उनीहरुमा मामा र फुपूको छोरा रहेका छन्। मिलेर माछा गएका उनीहरु पौडी खेल्दा डुबेर मृत्यु भएको स्थानीय राजेश कार्कीले जानकारी दिए । दुवै जना आँखामा राखे पनि नबिझाउने स्वभावका थिए । उनले भने, “अझै पनि उनीहरुको तस्बीर आँखा अगाडि झलझली घुमिरहेको छ ।”
उनीहरुको भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया