एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत फेला

झापा, ८ साउन । एउटै रूखमा झुण्डिएको अवस्थामा झापामा तीन किशोरी मृत फेला परेका छन् । केचनाकवल गाउँपालिका–५ मा आइतबार बिहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
स्थानीय बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीरूको शव मृत अवस्थामा फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकका अनुसार मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन् । शनिबार दिउँसोदेखि हराएका उनीहरू आइतबार बिहान करिब ७ः३० बजे झुन्डिएको अवस्थामा फेला परेको डीएसपी पाठकले जानकारी दिए ।
ती तीनै जना किशोरीहरु चिया बगानका मजदुर हुन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
तपाइँको प्रतिक्रिया