एमालेको चुनावी घोषणापत्र भन्छ : तुइन विस्थापित, रेल स्थापित

काठमाडौँ, ९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा हाम्रो पार्टी कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए ।
घोषणापत्रमा पार्टीले विगतमा गरेका जनपक्षीय काम कारबाहीका साथै आगामी दिनका योजना सविस्तार व्याख्या गरिएको छ । यस्तै एमालेले घोषणापत्रमा धरहराको निर्माणदेखि रेल र पानीजहाजसम्मको तस्बिर प्रस्तुत गरेको छ ।
‘प्रत्येक नागरिकका घरमा विद्युत सुविधा उपलव्ध गराउने । विपन्न परिवारलाई घरायशी प्रयोगको विद्युत निस्शुल्क उपलव्ध गराउने,’ एमालेको घोषणापत्रमा उल्लेख छ ।
विद्युत उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आय बृद्धि र पर्यावरण संरक्षण गर्ने प्रतिवद्धता पनि घोषणापत्रमा गरिएको छ ।
‘ऊर्जा उत्पादन र वितरणमा सामुदायिक, सहकारी एवं पालिकाको सहभागिता सुनिश्चित गर्नेगरी आवश्यक कानूनी र संरचनात्मक प्रबन्ध गर्ने । नेपाल विद्युत प्राधीकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग आवश्यक समन्वय र सहकार्य गर्ने,’ घोषणापत्रमा भनिएको छ । पालिकामा सञ्चालित जलविद्युत आयोजनाबाट स्थानीय समुदायलाई साझेदार र लाभान्वित बनाउन पहल गर्ने पनि एमालेले जनाएको छ । नेकपा एमालेले स्थानीय तहको नेतृत्व आफूले गर्न पाउँदा मात्र राष्ट्रिय राजनीतिलाई सही बोटोमा फर्काउन सकिने बताएको छ ।
३० वैशाख २०७९ को स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्रमा एमालेले पाँचदलीय गठबन्धन अवसरवादी गठबन्धन भएको र मुलुकको अग्रगतिको बाधक बनेको बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक गरिएको घोषणापत्रमा भनिएको छ, मुलुकको अग्रगतिको यात्रामा बाधक बनेर खडा भएको यस गठबन्धनबाट मुलुकले अविलम्ब मुक्ति खोजेको छ ।’
एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ । एमालेले प्रत्येक पालिकामा एउटा प्राविधिक धारको माध्यमिक विद्यालय स्थापना गर्ने, गम्भीर रोगको पूर्व परीक्षण र पाठेघरको क्यान्सरको निः शुल्क परीक्षण गर्ने, प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य बिमा गर्ने, एक घर एक धारा अभियान अन्तर्गत आगामी दुई वर्षभित्र सबै नागरिकलाई खानेपानीको सुलभ व्यवस्था गर्ने लगायतका विषयबस्तु राखेको छ ।
एमालेले स्थानीय तहको चुनावी घोषणा पत्रमा केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सर्वाधिक गतिशील, उपलब्धिपूर्ण र सफल भएको दाबी गरेको छ ।
साढे तीन वर्षको अवधिमा ओली सरकारले संविधान र संद्धघीयताको सफल कार्यान्वयन गरेर विश्वमै नयाँ दृष्टान्त स्थापित गरेको, पृथकतावाद र हिंसाका चुनावी समाप्त पारेको, वाह्य सम्बन्ध सुदृढ बनाएको, लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको नयाँ नक्सा प्रकाशित गर्नुका साथै त्यहाँ नेपालको प्रशासनिक स्वामित्व स्थापित गर्न कूटनीतिक पहल गरेको एमालेले बताएको छ ।
दिर्घकालीन र रणनीथिक महत्वका पूवर्नधार निमार्ण थालेको, भूकम्प प्रभावित करिव ८ लाख परिवारलाई सुरक्षित आवासमा फर्काएको, नेपाललाई विकासशील मुलुकमा स्तारोन्नतीका लागि सिफारिस गरेको, वाह्य लगानीमा ठूलो बृछि भएको र विश्वव्यापी सूचकांकहरुमा उल्लेख्य सुधार भएको एमालेले घोषणापत्रमा उल्लेख छ ।
- घोषणापत्रमा एमालेले अघि सारेका १७ वटा प्रतिवद्धा यस प्रकार छन् :
गुणस्तरीय शिक्षाको आधार स् प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार
निरोगी नेपाल, स्वास्थ नेपाली
स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी
आधुनिक उर्जा स् उज्यालो पालिका
उन्नत कृष्णि स् किसानको समृद्धि
सहज आवागमनको आधार स् दिगो यातायात पूर्वाधार
एकीकृत वस्ती, योजनावद्ध सहरी विकास स् विकसित पालिका, सुरक्षित आवास
औद्योगिकरण र आर्थिक वृद्धि स् स्वदेशमै रोजगारी सम्मान र समृद्धि
उद्यामशीलता र रोजगारी स् समृद्धिका लागि सहकारी
मौलिक कला र संस्कृति स् पर्यटनबाट समृद्धि
सबल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक युवा
समानताको महिला यात्रा स् समाजवाद–उन्मुख राज्यको विशेषता
खुशी जेष्ठ नागरिक, सुखी बालबालिका स् अपाङ्गमैत्री सबै पालिका
जलवायु अनुकुलन र विपद् व्यवस्थापन स् विकास र वातावरणबीच सन्तुलन
समुन्नत लोकतन्त्रको आधार स् मेलमिलाप, न्याय र मानवअधिकार
संरचनागत तथा कानुनी सुधार र प्रभावकारी समन्वय
संस्थागत सुदृढीकरण स् योजनावद्ध विकास
तपाइँको प्रतिक्रिया