इच्छाकामना एमालेको प्रतिबद्धता : चेपाङलाई विद्युतमा ५० प्रतिशत छुट

चितवन, २६ वैशाख । इच्छाकामना गाउँपालिकामा सबैभन्दा बढी जनसंख्या भएको चेपाङ समुदायलाई नेकपा (एमाले) इच्छाकामनाले विद्युत महसुलमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । यो सुविधा दलित समुदायलाई पनि हुने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
गाउँपालिका जितेपछि एमालेले आफ्ना कार्यक्रमलाई शिक्षा र स्वास्थ्यमा जोड दिने उल्लेख गरेको छ । सम्वृद्ध इच्छाकामना निर्माणका लागि नेकपा(एमाले)ले अघि सारेका शिक्षा र स्वास्थ्यका योजना अनुसार वडागत तहमा आधा घण्टाको दूरीमा बाल सिकाई केन्द्र सञ्चालनको व्यवस्था मिलाइने, विद्यालयहरूमा आवश्यकताका आधारमा कम्तीमा एक सेट कम्प्युटर÷ल्यापटप, प्रिन्टरसहित इन्टरनेट सेवा उपलब्ध हुने व्यवस्था मिलाइने, विद्यालयहरूमा माग र आवश्यकताका आधारमा प्राविधिक धारको शिक्षण सञ्चालन गर्ने व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ ।
पहाडी क्षेत्रमा विद्यालय छाड्ने दरमा सुधारका लागि विभिन्न कार्यक्रम सहित योजना ल्याइने, विद्यार्थीको अनुपातमा आवश्यक बिषयगत शिक्षक दरबन्दी आपूर्तिको व्यवस्था मिलाइने, हरेक विद्यालयमा बालिकामैत्री शौचालयको व्यवस्था, सेनिटरी प्याडको नियमित र भरपर्दो वितरण को व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ ।
हरेक विद्यालयमा एक नर्स (स्वास्थ्य परिचालिका)को व्यवस्था गर्ने, शैक्षिक सिकाई उपलब्धीका आधारमा शिक्षक प्रोत्साहनको योजना ल्याइने, शिक्षामा नागरिक पहुँच पु¥याइने, पोषणसहितको प्रारम्भिक बालविकास तथा शिक्षाको पहुँच हुने व्यवस्था मिलाइने एमालेका अध्यक्ष पदका उम्मेदवार दानबहादुर गुरुङले बताए ।
पालिकाभित्र रहेका विभिन्न जातजातीहरूको आफ्जो मातृभाषाको संरक्षण गर्न पालिका भित्रका विद्यालयस्तरमा स्थानीय पाठ्यक्रम बनाएर कक्षा सञ्चालन गर्न गर्नै व्यवस्था मिलाइने उनले बताए ।
स्वास्थ्य सेवातर्फ गरिबको रेखामुनि रहेका नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था मिलाइनेछ साथै पालिका भित्रका सबै नागरिकहरूका लागि अनिवार्य स्वास्थ्य बिमाको योजना लागु गरिने अध्यक्ष पदका उम्मेदवार दानबहादुर गुरुङले बताए ।
गाउँपालिका भित्रका नागरिकहरूको आरोग्य पूर्ण दीर्घ जीवनका लागि स्वास्थ्य योजनामा आधारित कार्यक्रमहरु कार्यान्वयनको चरणमा लगिने र आधारभूत स्वास्थ्य सेवा जस्तो नागरिकको मौलिक हक सुनिश्चितता गर्न पालिका भित्र विशेषज्ञ चिकित्सक सहितको सुबिधा सम्पन्न अस्पताल निर्माण गर्ने गुरुङको प्रतिबद्धता छ ।
स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना गरिने, स्वास्थ्य चौकीको पहुँच नपुगेका वडाहरूमा स्वास्थ्य चौकी स्थापना गरिने, वडागत रूपमा आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ । आकस्मिक दुर्घटना कोष खडा गरी दुर्घटनामा परेकाहरूका लागि उक्त कोषबाट सहयोग पु¥याइने व्यवस्था मिलाइने र गर्भवती महिलाका लागि आवश्यक पोषण भत्ताको व्यवस्था मिलाइन उपाध्यक्ष पदकी उम्मेदवार माया सिलवालले बताइन् ।
तपाइँको प्रतिक्रिया