उन्नती कल्चरल भिलेज गैडाकोटमा दशै मेला

गैडाकोट,असोज,०८ । पूर्वी नवलपरासीको गैडाकोटमा रहेको सिजी उन्नती कल्चर भिलेजले दशै मेला आयोजना गरेको छ । शनिवार उन्नती कल्चर भिलेजको आयोजनामा नेपालीको महान पर्व बिजया दशमीको उपलक्ष्यमा दशै मेला आयोजना गरेको हो ।
कार्यक्रममा नेपालीको संस्कृती संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारे सांस्कृतीक कार्यक्रम आयोजना गरिएको थियो । दशै मेलामा चित्रकला प्रदर्शनीको उद्घाटन गरिएको थियो । प्रर्दशनीमा भिम प्रसाद शर्मा , बरुण बाबु घिमीरे , रश्मी अमात्य, सुरक्षा वाग्ले लगायतको चित्र कला राखिएको थियो । उक्त चित्रकलामा मौलिक संस्कृती, भेषभूषा लगायतका बारेमा कलाकारले जिवन भोगाइलाई चित्रमा उतारेका थिए ।
चित्र कला प्रर्दशनीमा २४ वटा चित्रहरु प्रदर्शनी गरिएको थियो । यस्तै दशै मेलाको अवसरमा चित्र घरको उद्घाटन समेत गरिएको थियो । चित्रकला कक्षको गैडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी र उपप्रमुख शान्ति कोइरालाको सहभागितामा चित्रकला घर र कार्यक्रमको उद्घाटन गरिएको थियो । आयोजित कार्यक्रममा चौधरी उद्योग दुम्कौलीका महाप्रबन्धक नारायणकाजी सिटौलाले उन्नती कल्चरल भिलेजले लोप हुने अवस्थामा रहेका कला संस्कृतीलाई संरक्षण गर्न सहयोग पुर्याएको बताए ।
यस्तै कार्यक्रममा बोल्दै गैडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले उन्नती कल्चरल भिलेजले थारु समुदायको संस्कृतीलाई प्राथमितामा राखेर संरक्षणको कार्य गरेको भन्दै गैडाकोट नगरपालिका संगै यो उन्नती कल्चरल भिलेज समग्र जिल्लाकै नमुना रहेको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै गैडाकोट नगपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले संस्कृती संरक्षण गर्न आजको समयमा कठिन भएको तर सिजी उन्नती कल्चरल भिलेजले भने यो सम्भव गराएको बताउनुभयो । परापूर्व कालमा विभिन्न जातजातीहरुले प्रयोग गर्ने सामाग्रि देखी रितिरिवाज समेत यसै कलाघरमा राखिएकोले यो क्षेत्र गैडाकोटको नमुना रहेको बताउनुभयो ।
दशै मेलामा चित्रकार , गायक हेमन्त चौधरी, थारु नृत्य, थारु कला प्रदर्शनी समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण उन्नती कल्चरल भिलेजका संयोजक हरि अधिकारीले गरेका थिए ।
तपाइँको प्रतिक्रिया