सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

आयो किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’

  •  | २१ असार २०७९, मंगलवार १३:२६ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • काठमाडौँ, २१ असार । पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक अन्ट्रान्सलेटेबल अब अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको छ । अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा पनि उपलब्ध रहेको छ ।

    पुस्तकको हार्डकभर र पेपरब्याक दुबै निशुल्क होम डेलिभरीको व्यवस्था रहेको छ । पुस्तक गुगल बुक्समार्फत विश्वका ६६ देशमा ईबुकमा समेत उपलब्ध रहेको छ । नेपालमा काठमाडौंमा रहेको मण्डला बुक प्वाइन्टमा उपलब्ध छ भने किताब यात्रामार्फत होम डेलिभरीको समेत व्यवस्था रहेको छ । भावनाहरु सर्वब्यापी हुन्छन् तर अनुवाद गर्न नसकिने हुन्छन् भन्ने ट्यागलाइन सहितको यो पुस्तक ३ सय पेजको रहेको छ ।

    पुस्तकमा कुनै पनि बिपत्तिमा आशा र धैर्यतालाई कायम राखेमा त्यस्ता विपत्तिको सामना गर्न सकिने सन्देश दिइएको छ । २०७२ सालको भूकम्पमा आधारित पुस्तकमा भूकम्पमा संयोगले बाँच्‍न सफल भएकाहरु, भूकम्पका पीडित, भूकम्पपछिको उद्धार र राहतमा खटिनेहरु, महाभूकम्पमा संचारकर्ममा खटिएकाहरु, उपचारमा खटिएकाहरु लगायतका भावना र अनुभवहरुलाई पुस्तकमा समेटिएको छ ।

    पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीस खिलराज रेग्मी, पुस्तकका पात्रहरु नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाल र अमेरिका निवासी व्यवसायी लोक तिवारीले पुस्तकको लोकार्पण गरेका थिए । भावना व्यक्त गर्ने कुनै उपयुक्त भाषा नहुने भएकाले पुस्तकको शीर्षकले उक्त मर्मलाई बोक्न सफल भएको मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले बताए ।

    यो पुस्तकको नेपाल संस्करण नमस्ते इन्टरनेशनल मिडिया ग्रुपले प्रकाशन गरेको हो भने अन्तर्राष्ट्रिय संस्करण नमस्ते मिडिया इन्क न्युयोर्कले प्रकाशन गरेको हो । खसोखासका प्रधानसम्पादक समेत रहेका पन्थीका यसअघि जिरो माइल र कम्पन नामका दुई पुस्तकहरु प्रकाशित छन् । अमेरिकाको सिका युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी प्राप्त गरेका पन्थीले अमेरिकी राष्ट्रपति जो बाइडेनबाट हस्ताक्षरित लाइफटाइम अचिभमेन्ट अवार्ड समेत पाइसकेका छन् ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन
    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया
    मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत

    ताजा अपडेट

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

    श्रावण २६, काठमाडौं । नेकपा एमालेले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन कमिटी...

    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया

    कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती र देवचुली नगरपालिकाको सिमानामा पर्ने लोकाहामा...

    • मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत
    • कांग्रेसको सामाजिक संजालमा रोइलो
    • कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, नयाँ संक्रमित ८१५ जना
    • विष्णु माझीको नयाँ तीजगीत चरी जेलैमा–२ सार्वजनिक (भिडियोसहित)

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.