सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

बिकूको ३२औँ वार्षिकोत्सवमा १२ थरी कार्यक्रम, चम्चादौडदेखि रक्तदानसम्म आयोजना हुने

  •  | १९ श्रावण २०७९, बिहीबार १४:३० , प्रकाशीत
  • Published By: Mukundasen Online
  • गैँडाकोट, १९ साउन । नेपालका सफल सहकारीमध्ये एक विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैँडाकोटले संस्थाको ३२औँ वार्षिकोत्सवका अवसरमा दुई सातासम्म १२ थरी कार्यक्रमको आयोजना गर्ने भएको छ । विकूले बिहीबार गैँडाकोटमा पत्रकार सम्मेलनको आयोजना गरी वार्षिकोत्सवका कार्यक्रम सार्वजनिक गरेको हो ।

    घोषित कार्यक्रम अनुसार साउन २१ गते शनिबार कर्मचारीहरुबीच चम्चा दौड, मोटरसाइकल स्लो रेस, फुटबल र नृत्य प्रतियोगिता रहेका छन् । साउन ३० गते कावासोतीमा र ३१ गते गैँडाकोटमा विद्यार्थीहरुबीच हाजिरीजवाफ प्रतियोगिता आयोजना हुनेछ । भदौ १ देखि ५ गतेसम्म संचालक समिति, विभिन्न उपसमिति र कर्मचारीको सहभागितामा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका सचिव प्रेमप्रसाद सापकोटा ‘राजु’ले जानकारी दिनुभयो ।

    तत्कालीन विजय युवा क्लबको सक्रियतामा २६ जना सदस्य मिले २०४८ साल भदौ ५ गते विजय युवा क्लब क्रेडिट युनियन (विकू) संचालनमा आएको थियो । कालान्तरमा विजय युवा क्लब विजय विकास स्रोत केन्द्रमा परिणत भयो । क्रेडिट युनियनचाहिँ विकू बचत तथा ऋण सहकारी बन्यो । दैनिक २६ जना सदस्यबाट दैनिक ५० पैसाका दरले मासिक १५ रुपैयाँ बचत गरेर सुरु भएको विकूसँग अहिले कर्मचारीमात्रै २ सय जना छन् । शेयर सदस्य एक लाखभन्दा बढी पुगेका छन् । शेयर पुँजी ९० करोड रुपैयाँभन्दा धेरै छ । विकूका विशेषता बयान गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले विकूबाट ९ प्रतिशत ब्याजदरमा २० लाख रुपैयाँसम्म कृषि ऋण प्रवाह भएको बताउनुभयो ।

    विकूले २०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने स्वीकृति पाएपछि सदस्यहरुबाट निक्षेप संकलन गरी बढीभन्दा बढी सेवा पु¥याउँदै आएको छ । प्रचलित सहकारी सिद्धान्त, मूल्य र मान्यता, सहकारी ऐन, नियमावली र निर्देशनभित्र रही संस्था प्रजातान्त्रिक ढंगबाट चलिरहेको र आज अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल भएको संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटा बताउनु हुन्छ ।

    संस्थाका उपाध्यक्ष यमनाथ आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको पत्रकार सम्मेलनमा कोषाध्यक्ष कालिदास गौडेल, सहसचिव माया खरेल, लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
    यसैबीच, संस्थाका अध्यक्ष सापकोटाले संस्थाको परिसरमा राखिएको विपद् व्यवस्थापन घुम्ती गृहको बिहीबार नै उद्घाटन गर्नुभएको छ । विपद् व्यवस्थापन गृहमा बेल्चा, बाल्टी, आगो निभाउने ग्यास (फायर एक्स्टिङग्युसर) लगायतका सामग्री राखिएको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन
    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया
    मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत

    ताजा अपडेट

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

    श्रावण २६, काठमाडौं । नेकपा एमालेले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन कमिटी...

    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया

    कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती र देवचुली नगरपालिकाको सिमानामा पर्ने लोकाहामा...

    • मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत
    • कांग्रेसको सामाजिक संजालमा रोइलो
    • कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, नयाँ संक्रमित ८१५ जना
    • विष्णु माझीको नयाँ तीजगीत चरी जेलैमा–२ सार्वजनिक (भिडियोसहित)

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.