स्थानीयले बञ्चरेडाँडामा फोहोर फ्याँक्न नदिएपछि तनाव, प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौँ, २५ जेठ । काठमाडौंको फोहोर बञ्चरेडाँडामा फ्याँक्न स्थानीयले अवरोध गर्दा तनाव सिर्जना भएको छ । बुधबार स्थिति तनावग्रस्त भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ ।
बञ्चरेडाँडामा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाबीच भएको सहमतिअनुसार मंगलबारदेखि फोहोर फ्याँक्न सुरु गरेपछि स्थानीयले सम्झौता चित्त नबुझेको भन्दै अवरोध गरिरहेका छन् ।
स्थानीयले फोहोरका गाडीहरु रोकेपछि स्थिति तनावपूर्ण भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
अवरोध गरिरहेका स्थानीयलाई हटाउन प्रहरी परिचालन गरिएपछि झडप हुँदा स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया